गण्डकीमा अझै भेटिएनन् गतवर्ष हराएका ५ सय ३१ जना

११ जिल्लाबाट २ हजार ८३ जना हराएका थिए

पाेखरा | साउन २८, २०८०

गण्डकीमा अझै भेटिएनन् गतवर्ष हराएका ५ सय ३१ जना

पोखरा:   गण्डकी प्रदेश प्रहरीको गत वर्षको तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा ५ सय ३१ जना मानिस बेपत्ता भएका छन् । 

 

गण्डकी प्रदेशको हिमाल पारीको जिल्ला मनाङ र मुस्ताङबाट हराएका पुरुष, महिला, बालक र बालिका सबै भेटिएका छन् । बाँकी अन्य जिल्लाबाट हराएका केही मानिस भने अझै भेटिन नसकेको प्रदेश प्रहरीले जनाएको छ । 

 

गण्डकी प्रदेशको गत आर्थिक वर्ष २०७९/०८० को तथ्याङ्क अनुसार २ हजार ८३ जना मानिस हराउँदा १ हजार ५ सय ५२ जना मात्र भेटिएका छन् ।

 

प्रदेश प्रहरीका अनुसार गण्डकीबाट ५ सय ७३ जना पुरुष हराएको निवेदन पर्दा ३ सय ४३ जना मात्र भेटिएका छन् भने २ सय ३० जना अझै हराइरहेका छन् । 

 

यस्तै गण्डकीबाट ९ सय ५२ जना महिला हराएको निवेदन अनुसार ७ सय १६ जना भेटिएका छन् भने २ सय ३६ जना अझै हराएको सूचीमा छन् ।

 

एक प्रहरी अधिकृतका अनुसार हराएको सूचना वा निवदेन दिँदा परिवारले दिएको हुलियाको आधारमा खोजी भइरहेको जनाए । 

 

यस्तै गण्डकी प्रदेशबाट १ सय ५१ जना बालक हराएको निवेदन दर्ता हुँदा १ सय २९ जना भेटिएका छन् भने, २२ जना बालक अझै हराइरहेको सूचीमा छन् ।

 

गण्डकीमा सबैभन्दा बढी बालक हराउनेको सुचीमा कास्की पहिलो नम्बरमा छ । 

 

प्रदेश प्रहरीको तथ्याङ्क अनुसार गण्डकीबाट ४ सय ९ जना बालिका हराएका छन् भने ३ सय ६६ जना बालिका भेटिएका छन् र ४३ जना अझै हराइरहेको सूचीमा सुचीकृत छन् । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्